eNepal

को बन्छ करोडपति’ मा प्रियंका कार्की र आयुष्मानको जोडीले जिते मात्र १० हजार

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी ‘को बन्छ करोड पति’को ३५ एपिसोडमा उपस्थित भएका थिए । उक्त शोबाट जितेको पैसा प्रियंका र आयुष्मानको सहकार्यमा निर्माण भएको आयंका फाउडेशनमा लगानी गर्ने छन् ।

उनीहरुले यस शोबाट १० हजार रुपैयाँ प्राप्त गरेका छन् । उनीहरुले २० हजारको प्रश्नमा दिएको जबाफ गलत भएपछि १० हजार प्राप्त गरेका हुन । उनीहरुले तीन ओटा लाईफ लाइनलाई प्रयोग नै नगरी खेलबाट बाहिरिएका थिए । प्रियंका र आयुष्मानलाई हैसला दिनको लागि कार्यक्रममा प्रियंकाको तीन आमा सहित दुई भाई पनि उपस्थित भएको थिए । राजेश हमालद्धारा सञ्चालित कार्यक्रममा उनीहरुले नाच गान गर्दै रमाइलो गरेका थिए ।

प्रियंका र आयुष्मान अभिनित फिल्म ‘प्रेम दिवस’ जेठ ३१ गते देखि प्रर्दशन हुँदैछ । साथै उनीहरु यहि असारमा बैवाहिक बन्धनमा बाँधिदै छन् ।

Related posts

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal