eNepal

कपिल शर्माले ट्वीट गरेपछि मच्चियो खैलाबैला

भारतीय टेलिभिजन ईतिहासमा सर्वाधिक चर्चित शो लिएर आएका कलाकार हुन कमेडीयन कपिल शर्मा । कमेडी सर्कशमा हसाउँने प्रतियोगीतामा भाग लिएर एकाएक ‘कमेडी नाईट् कपिल’ , ‘द कपिल शर्मा’ शो र अन्त्यमा ‘फ्यामिली टाईम विथ कपिल’ शो समेत सञ्चालन गरेका कपिलले आफनो करियरमा नसोचेको प्रगती र लोकप्रियता कमाए ।

कुनै समय मनोरञ्जन क्षेत्रमा सबैभन्दा धेरै कर तिरेका उनै कपिल आज आलोचना र बिवादकाबीच फसेका छन् । कहिले सुनिल ग्रोबर त कहिले प्रेमिकासंगको लफडाको कारण कपिलले यतिबेला आकासबाट झरेर एक्कासी जमिनको यात्रा गरिरहेका छन् । आफनो व्यक्तिगत आचरण , विभिन्न व्यक्तिसंगको लफडाको कारण डिप्रेसनमा पुगेका कपिलको प्रसारण भईरहेको ‘फ्यामिली टाईम विथ कपिल’ शो नै बन्द भयो ।

यसबीचमा सोसल मिडिया र साथीभाईबाट पनि टाढै बसेका कपिलले हालै एक ट्वीट गरेका छन् । उनले गरेको ट्वीटको कारण खैलाबैला नै मच्चियो । गायब नै बनेका कपिलले ट्वीट गरेपछि उनका फ्यानहरु खुसी भएका छन् भने टिभीमा उनको पुर्नरागमन हुन सक्ने कुरामा विश्वस्त छन् । उनले दुई ट्वीट गरेका छ् जसमा दोस्रो ट्वीटमा लेखेका छन् “म आफनो लाईफस्टाइलमा परिवर्तन गर्ने कोसिश गरिरहेको छु” ।

के अब पुन कपिल पर्दामा फर्किएलान् ??? यो प्रश्नले यतिबेला उनका फ्यानहरुको मनमा उब्जिरहेको छ । केही समय अगाडीमात्र पत्रकारलाई गालीगलौज गर्दे उनको बिरुद्ध समाचार लेख्ने मिडियालाई १०० करोड क्षतिपुर्ती माग गर्दे मुद्धा पनि हालेका थिए । भनिन्छ कपिल यतिबेला गोप्यरुपमा रिहावमा बसिरहेर गोप्यरुपमा उपचार लिईरहेका छन् ।

Related posts

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal