eNepal

कमिडि बेसमा झम्केफूली म्यूजिक भिडियो सार्बजनिक

निरन्तर रूपमा नेपाली सांगीतिक क्षेत्रमा टेवा पुराउदै आएका अहिलेका चर्चित गाएक सन्जिब पराजुली र गायिका अबुन पाण्डेले भर्खरै मात्र “झम्केफुली  रेलिमाई” बोलको गीत सार्वजनिक गरेका छन् । नेपाली लोक भाकामा रहेको यो गीतमा रचनाकार रमेश दहालका उत्क्रीष्ट शब्दहरु रहेका छन् । संगीतकार टिका दाहाल को संगीत ले सजिएको यस गीतमा म्युजिक अरेन्ज गोपाल रसाइलीको रहेको छ । 

प्रस्तुत गीतलाई सगर राज फिल्मसका डाइरेक्टर सगर राज ले निर्देशन गर्नु भएको छ । गीतलाई जिवन्त रुप दिई क्यामरामा अनिल के मानन्धरले कैद गर्नु भएको छ भने शिलन लम्सालले एडिटिंग र कलरिंग गर्नु भएको छ । कलाकारहरु दीप्सन परियार, अश्मी भण्डारी, सुर्य योञ्जन, अभिलाषा शर्मा, अनिल छ्यत्री, संगीता गुरुङ, सागर राई र बबिता श्रेष्ठले अभिनय मार्फत गीतको भाव ब्यक्त गरेका छन् । गीतलाई सुर्य योञ्जन र ग्रूवी बोइजले कोरिओग्राफ गर्नु भएको छ   

गीतलाई ‘कंडेल कन्सोलटेनसी इडुकेसन र माईग्रेशन सर्विस’ ले प्रयोजन गरेको छ ।

रमाइलो म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

 

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal