eNepal

जाइरामा यस्तो स्वरुपमा देखिदै छिन् नम्रता

केटाहरूको जस्तै छोटो कपाल र खेलाडीको जस्तो पहिरनमा अभिनेत्री नम्रता श्रेष्ठ मंगलबार एउटा कार्यक्रममा प्रस्तुत हुँदा उनलाई नयाँ खेलाडीजस्तो देखिएको थियो । उनले आफ्नो तौल घटाएर ४३ केजी बनाएकी थिइन् ।

नयाँ चलचित्र ‘जाइरा’का लागि आफूलाई यो स्वरूपमा ढालेको जानकारी गराउँदै नम्रताले भनिन्, ‘सबै कुरा वास्तविक देखियोस् भनेर तौल घटाएँ, कपाल काटेर छोटो बनाएँ ।’ आफ्नो सिनेमा मार्सल आर्टमाथि निर्माण हुन लागेकाले यही चलचित्रका लागि ६ महिना मार्सल आर्ट सिकेको पनि उनले बताइन् ।

चलचित्र क्लासिक खेलेको दुई वर्षपछि अभिनेत्री नम्रताले चलचित्र जाइरा खेलेकी हुन् । यस चलचित्रका लागि आफूले एक वर्षको तयारी गरेको पनि उनले बताइन् । ‘चलचित्रमा खेलाडी नै बन्नुपर्ने थियो, लामो कपालमा खेल खेल्न गाह्रो हुने भएकाले अधिकांश खलाडीलाई पछ्याउँदै मैले पनि आफ्नो राम्रो कपाल छोट्याएकी हुँ,’ नम्रताले भनिन् ।

विगतका सिनेमामा प्रेम कथाकी पात्र प्रेमिकाका रूपमा प्रस्तुत हुने नम्रताले नयाँ केही गरौं भनेर खेलाडीको भूमिकालाई आफूले छानेको बताइन् । चलचित्र जाइराको छायांकन सकेर उनी खेलाडीकै रूपमा पत्रकार भेटघाटमार्फत आफ्नो टिमसहित मंगलबार सार्वजनिक भएकी हुन् ।

यस चलचित्रमा सम्राट मगर आफ्नो कोचको भूमिकामा रहेको पनि नम्रताले बताइन् । नम्रतासँगै यस चलचित्रमार्फत डेब्यु गरेकी अभिनेत्री सिर्जना रेग्मी पनि खेलाडी स्वरूपमा सञ्चारकर्मीबीच प्रस्तुत भइन् । यस चलचित्रका अरू कलाकारमा अनुपविक्रम शाही, रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, सुजिता श्रेष्ठलगायत छन् । नम्रतालाई खेलाडीका रूपमा उतार्ने काम निर्देशक आशुतोषराज श्रेष्ठले गरेका छन् ।

चलचित्र जाइरालाई आगामी १४ मंसिरबाट रिलिज गर्ने घोषणा सोही कार्यक्रममा गरियो । जबकि, १४ मंसिरबाटै नेपाली चलचित्र रणवीर र चौका दाउ रिलिज हुने घोषणा गरिएको छ ।

यस चलचित्रको कथा पनि निर्देशक श्रेष्ठ आफैंले लेखेका हुन् । लोकेश बज्राचार्यले यसको सम्पादन गरिरहेका छन् । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको चलचित्रमा कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, केशव थापाको नृत्य निर्देशन रहेको पनि कार्यक्रममा जानकारी गराइयो । यसलाई बाबु श्रेष्ठले खिचेका हुन् ।

Related posts

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal