eNepal

अष्ट्रेलियामा बन्यो “ए मेरो हजुर २”को “भन्छु आज म ” गितको कभर भिडियो

अष्ट्रेलियाको मेलबर्नमा बस्दै आएका सन्जय सेन्चुरी विगत केही समय देखी भिडियो छायांकन तथा निर्देशनमा लागेका छन् । विद्यार्थी जीवनमा आफ्नो रुचीलाई पछ्याएर यसमा करियरको बाटो खोज्न सकिन्छ भन्नको लागि उनी एक गतीलो उदाहरण हुन् । उनले आफ्नो करियरको सुरुवाती दिनमा अष्ट्रेलियाबाट नै विभिन्न नेपाली गीतहरुकाे कभर भिडियो बनाएका छन् ।

हालै मात्र सन्जयले एक नयाँ कभर भिडियो लिएर आएका छन् ।  गायक संजीत श्रेष्ठ , छेवंग लामा र बृजेश श्रेष्ठले गाउनुभएको ‘ए मेरो हजुर || भन्छु आज म’ को सेन्चुरीले कभर भिडियो तयार गरेका हुन् । सन्जयले निर्देशन गरेको यो दोस्रो कभर भिडियो हो ।

मेलबर्नको रमणीय ठाउँहरुमा छायांकन गरिएको यस कभर भिडियोमा सुशान्त योञ्जन, मन्दिरा शर्मा र डिकेन  लामाले अभिनय गरेका छन् । सम्पादन सेन्चुरी आफैले गरेका यस भिडियोलाई ‘बाबा फिल्म्स प्रोडक्सन’ ले बजारमा ल्याएको हो ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal