प्रतिभा आफैमा अदभूत हुन्छ । अदभूत क्षमताका कारण, छोटो समयमा नै मानिस चर्चामा आउने गर्दछन् । यस्तै क्षमताका कारण झापा दमकका अशोक दर्जी यतिबेला चर्चामा छन् ।
विशेष गरेर सामाजिक संञ्जाल र युटुवहरुमा उनको लोकप्रियता बढ्दो छ । गायक हेमन्त रानाको ‘सुन साइली’ दुरुस्त गाउने उनी अर्का बालगायक प्रेम परियारको ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘यी आखाँमा तिमी छौ’ जस्ता गीतहरु उत्तिकै मिठासपुर्ण स्वरमा गाउँछन् । शब्दमा भने केही कन्फुयज देखिने उनको गाउने शैली भने रोचक रहेको छ । विपन्न परिवारका उनको भविस्यमा सफल गायक बन्ने लक्ष्य रहेको छ ।
गायक तथा संगीतकार टंक बुढाथोकी र डिजे रुपकको सहयोगमा अशोक दर्जीले पहिलो गित Studio 9 मार्फत “मन बिनाको धन ठुलो कि धन बिनाको मन ठुलो” सार्बजनिक गरेका छन। हेर्नुहोस उक्त मन छुने गीतको भिडियो ।

