eNepal

अस्ट्रेलीयामा धेरै बोलीने थेगोहरु

अस्ट्रेलीया आएसँगै समय, बाध्यता र बिवशताले मान्छेलाई अनगिन्ती पाठहरु सिकाउँन थाल्छ। बोल्ने शैली फरक हुँदै जाँदा समयले यस्ता थेगो बोल्न बाध्य बनाउँछ। अस्ट्रेलीयामा अक्सर बोलीने थेगोहरु

  • ए दाई काम भन्दिनु पर्यो
  • अहिले बिजी छु पछि फोन गर्छु है
  • वई तेरो पे आउने कहिले हो
  • ओई के पकाईस् प्लिज चिकेन चाँही नभन् है
  • खुब भेट्न नि गार्हो है दरो छापी रा होला
  • वई ट्रेनको टाईम हेर्थ, चिया खान भ्याउँछ कि भ्याउँदैन
  • अनि बाबुको पढाई सक्यो
  • सिङ्गल की डिपेन्डेन्ट नि
  • बिहे भयो कि छैन
  • पिआर भयो
  • घर किनीयो त
  • के गर्नु यार काममा पैसै छैन, अर्को काम खोजीरा यार
  • ओई सुन्न तैले काम पाईस्ओई तेरो काम गर्ने ठाउँमा मलाई नि भन्दे है
  • ओई कोल्सबाट आउँदा एउटा चिकेन लिएर आईज है
  • खै यार जति काम गरेनी पैसै बच्दैन यार
  • बेकारमा आईएछ यार अस्ट्रेलीया फोकटको तनाब झेल्न
  • ए दाई नेपाल जाँदै हुनुहुँदो रहेछ, अलिकति सामान लग्दिनु ल
  • ओई तेरो कार्ड दि राख न कलेजको फि तिर्नु छ
  • भाउजुलाई हाई भन्दे है
  • गएर नर्स बिहे गरेर ल्याउँ भनेको सबै ईङ्गेज्ड छन् यार
  • ओई हेर्न यो बच्चाले पनि बिहे गरिछ यार
  • अब चाँही पैसा सेभिङ गर्न पर्छ यार लास्ट भयो यार
  • तेरो छुट्टी कहिले हो यार, यसो भेट्न पर्ने यार मिलाएर
  • ओई घरको ऋण तिरी सकिस्
  • छप्कीलाई कतिको डो पठाउँछस् नि।
  • हिजोको ह्याङ ओभरले अहिले सम्म टाउको दुखी रा छ यार
  • ओई तेरो भाउजु भेटीयो यार
  • अब एउटा सेमेस्टर बाँकी छ यार
  • अबको पे त घर भाडा तिर्दै ठिक्क हुन्छ यार
  • हैट यो पाराले भएन अव त केही गर्न पर्छ यार
    आदि
    अरु पनि थप्दै जानुहोस् यदि केही छुटेको भएमा

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal