eNepal

नायिका बर्षा राउतको साथमा मिस्टर झोलेको प्रिमीएर शो मेल्बोर्नमा २८ र २९ जनवरीमा हुँदै

रामबाबू गुरुङ निर्देशित मिस्टर झोलेको मेल्बोर्न प्रिमीएर २८ जनवरी आईतबार चाईना टाउन सिनेमा हलमा हुने भएको छ। मिस्टर झोलेमा दयाहाङ राई र दीया पुनका अलावा वर्षा राउत, बुद्धि तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको मुख्य भूमिका छ ।
रामबाबुकै कथा लेखन रहेको सिनेमामा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा/सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ । सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित सिनेमाको निर्मातामा टेकेन खड्का र कार्यकारी निर्मातामा रौनकविक्रम कँडेल छन् ।

मेल्बोर्न प्रिमीएर यहि जनवरी २८ र २९ मा गरेर दुई शो प्रदर्शन हुनेछ भने नायिका बर्षा राउतको रेड कार्पेट अर्को आकर्षण रहनेछ। मिस्टर झोलेको मेल्बोर्न शोको अधिकार नेप्ले ईभेन्ट्सले पाएको हो।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal