eNepal

मेल्बोर्न निबासी सुनोद श्रेष्ठ निर्देशीत एक्सिस व्याण्डको सात समुन्द्र पारी यस्तो छ

नेपाली लोकप्रीय रक व्याण्ड एक्सिसको नयाँ गीत सात समुन्द्र पारी बजारमा आएको छ। घर गाउँ एल्बममा समाविष्ट सात समुन्द्र पारीको म्युजिक भिडीयो अस्ट्रेलीयामा छायाँकन गरिएको छ। सौरव मानन्धरको सिनेम्याटोग्राफी र प्रविन श्रेष्ठको सम्पादन रहेको भिडियोमा सुनोद श्रेष्ठ, सौरभ मानन्धर, विराज खड्का, सुरभी मानन्धर र प्रेरणा थापाको अभिनय रहेको छ। डिजिटल कि प्रोडक्सन र एस इभेन्ट्स एण्ड मल्टी मिडीयाको संयुक्त प्रस्तुतीमा बनेको भिडियोलाई मेल्बोर्न निवासी सुनोद श्रेष्ठले निर्देशन गरेका हुन्। कल्याण सिङको शव्द र सङ्गीत रहेको छ।

सात समुन्द्र पारी आफ्नो सुनौलो भविस्य बनाउन तछाड मछाड गर्दै बिदेशीएका लाखौ युवाहरुको कथा व्यथालाई बडो मर्मस्पर्षी ढङ्गले उतारीएको यस भिडीयोलाई बिशेष गरेर परदेशी युवाहरुले बढी रुचाईएको छ। करिब २४००००० पटक हेरी सकिएको सात समुन्द्र पारी सुनोद श्रेष्ठद्वारा निर्देशीत पहिलो म्युजीक भिडीयो हो।

 

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal