eNepal

दुई दिनमै करोड क्लबमा पर्न सफल चलचीत्र ‘फाटेको जुत्ता’ मेल्बोर्नमा प्रदर्शन हुँदै

सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, रबिन्द्र झा, अनोज पाण्डे द्वारा अभिनीत फाटेको जुत्ताले दुई दिनमा एक करोड माथिको व्यापार गर्न सफल भएको छ । शुक्रबार र शनिबार गरी आफ्नो फिल्मले एक करोड माथिको व्यापार गरेको निर्माता अर्जुन कुमारले बताउनु भएको छ।

तराईको कथा बस्तुलाई कमेडी शैलीमा उठान गरिएको फाटेको जुत्तालाई नेपालका दर्शकहरु रुचाई दिनु भएको छ। चलचित्रका गीतमा प्रवेश मल्लिक र शंकर थापाको संगीत, कविराज गहतराज र राजिव समरको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको छ। ११ लाख भन्दा बढी चोटी ट्रेलर हेरी सकिएको छ भने ५७ लाख भन्दा बढी चोटी I am Sorry बोलको गीत युट्युबमा हेरी सकिएको छ। अर्को आकर्षणको कुरो त के छ भने दयाहाङ राई र बर्षा राउतको सर्प्राईज ईन्ट्रीले अझ चलचीत्रलाई थप आकर्षण बनाएको छ।

नेप्ले ईभेन्ट्सको अर्को प्रस्तुतीको रुपमा मेल्बोर्नको चाईना टाउन सिनेमामा फाटेको जुत्ता १३ नोभेम्वर सोमबार साँज ७:३० बजे प्रदर्शन हुने भएको छ।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal