eNepal

हाम्रो समाजले किन र कहिले सम्म नपचाउने यस्तो प्रव्रिती!!!

समयले पुरै फड्को मारी सक्यो, आज सन्सार एउटा हातमा भएको स्मार्टफोनको भरमा दौडिएको छ। समयको तिब्र परिबर्तनसँगै समयको माग अनुसार पाईला नबडाउने हो भने पछाडी पर्न कत्ति बेरनै लाग्दैन। आजकाल बजारमा जे बिक्छ त्यहि पस्किने हो। जसले आफुलाई बजारमा बिकाउन सक्छ उसैको भलो हुन्छ। समाजले के भन्ला वा कति सम्म पचाउँछ भनेर हिड्ने जमाना पनि रहेन।

कुरा काट्नेले जे गरेनि काट्छन्। यो जमाना यस्तो हो जहाँ जोडी बनेर नारीएर हिडे नि हेर न कस्तो खुव नारीएर हिडेका लाज पनि नभएका भन्छन्। घरमै थन्केर बसे नि खै के हो यो घुस्घसेको पारा बुझ्नै सकिदैन भन्दै कुरा काट्छन्। जे गरे नि सुख नहुने समाजमा हामी हुर्किदै छौ। बाहिर साधु भएर हिड्नेनै लुकी लुकी अश्लील चलचीत्र डाउनलोड गर्दै हिड्छन्। जो हाक्का हाक्की बोल्छन् हाँस्छन् उसलाई त्यता पट्टी त्यति ध्यान गएको नहुन सक्छ।

बिदेशमा बसेर छोटा लुगा लगाएकाहरुलाई तन्किदै हेर्ने हाम्रो समाजका युवाहरुले यस्तो फोटोमा गाली गरेको सुन्दा अचम्म लाग्छ। जसलाई जसरी कम्फोर्ट फिल हुन्छ उसले त्यस्तै गर्नै हो। हामीनै भन्छौ हाम्रो मिडीयामा ग्लामर भएन अनि हल्का ग्लामरलाई पचाउन सक्दैनौ भने बोल्नुको कुनै तुक छैन। नेपाल आईडलकी एक निर्णायक ईन्दीरा जोशी आफ्नो खुवी र आफ्नो प्रब्रितीको कारण निर्णायक बनेकी हुन्। उनको कला र प्रस्तुतीको कारण आज सबैमा लोकप्रीय छिन तर भन्ने बेला स्तरले हैन स्तनले निर्णायक पदमा पुगेकी भन्दै लाल्छना लगाउन पछि पर्दैनौ धिक्कार छ हामीलाई।

चलचीत्र र मिडीया भनेकै ग्लामर देखाउन ठाउँ। फेरी आजको जमाना पुराना चौबन्दी र दौरा सुरुवालमा झमझमी कोही नाँच्यो भने आजको जमानामा नि के लगाएको होला कस्तो पुरानो धारको चलचीत्र बनाको भन्दै गाली गर्न तत्पर हुन्छौ। अर्को कुरा कला क्षेत्रमा लागे पछि लाईम लाईटमा रहि रहन सबैलाई मन लाग्छ। यसको लागि कैहिले सम्बन्धलाई लिएर वा कहिले पहिरनले प्रियङ्का बजारमा छाई रहनु पनि एउटा कला हो। बजारमा कसरी चर्चामा आईन्छ त्यसमा पोख्त र माहिर नेपालीकी अहिलेकी चर्चीत र टप नायीका प्रियङ्का कार्की कहिले आफ्नो प्रेमीको माध्यमबाट चर्चामा आउँछीन त कहिले उनले किनेको गाडीको कारण। पछिल्लो समय उनले लगाएको कपडा त्यो पनि उनका हालका ब्वाई फ्रेन्ड आयुस्मानकी आमा बैकंर रविना देसराजसँग लिएको सेल्फीले बजार तताएको छ। यसको पछाडी उनको लाईम लाईटमा छाई रहने प्रपोकाण्ड मात्र हुनसक्छ। कतिले सजिलै स्विकार्छन् कतिले पचाउँदैनन्। समयको माग प्रियङ्काले बुझिन त्यही अनुरुप आफैलाई ढालिन्। यसमा खण्डन गर्नुको कुनै औचित्यनै छैन।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal