eNepal

नेपाल आईडल बन्द गर अन्यथा जातीए द्वन्द हुन बेर लाग्दैन

आज गाउँ, चोक, बजार, शहर र बिदेशमा चर्चा छ त केबल नेपाल आईडलको छ। यसको लोकप्रिय आफ्नै ठाउँमा होला तर यसले जातीए द्वन्दलाई बडावा दिएको हो वा हामीनै यसलाई जात र सम्प्रदाएसँग जोडेर लडि रहेका छौ त्यो सामाजीक सन्जालमा आएका आबेगहरुले झलकाई रहेका छौं। हजारौबाट छाँटीएर टप चार सम्म आईपुग्दा यसलाई जातसँग जोडीएर शित युद्दनै चलेको छ।

हामीले त गर्ब गर्न पर्ने यस्ता रियालीटि शोहरुले कम्सेकम दुरदराजमा लुकेर बसेका कलाहरुलाई सबै सामु चिनाउने मौका दियो। आज नेपाल आईडल नभएको भए को निशान भट्टराई, को बुद्द लामा, को सागर आले अनि को प्रताप दास। कमसेकम अब यसैले चिन्ने मौका त पाए। यस्तो कार्यक्रम धेरै पहिला आउनु पर्थ्यो ढिलो आयो तर बेजोड पारामा आयो। अब एउटा रियालीटी शोलाई लिएर जात, धर्म, प्रदेश भनेर झगडा गर्न हाम्रो बिवेकले दिन्छ???

यस्ता रियालीटी शो बिश्वका धेरै देशमा हुनछन्, केबल रमाईलोका रुपमा हेर्छन्। हामी चाँही किन भेडा भएका खानपाननै रोकेर कुर्लेका छौ, यो जातकोलाई हराउन पर्छ, जसरि पनि पैसा पेलेर भोट किन्न पर्छ। नारा लाउनु पर्छ, भोट बैक खोल्न पर्छ। किन यति सम्म पागल भएको। पहिलो कुरो यो रमाईलो कार्यक्रम हो, यसको मजा लिनु होस्। अर्को कुरो जो बने पनि आखिरी बन्ने नेपालीनै हो। कोही बाहुन, गुरुङ, मगर र दास पक्कै बन्ने होईन। जो बने पनि त्यो उसको जिन्दगीको अन्त्य पक्कै होईन। आईडल बन्दैमा जिन्दगी भरिलाई पुग्दैन। एउटा प्लेटफर्म पाएपछी त्यसलाई प्रयोग गर्न अझ बढि चनौती हुन्छ।

प्रशान्त तामाङलाई ईन्डीयन आईडल बनाएर के पाउनु भयो। दुई तिनवटा फिलीम, केही गीत अरु के। ईन्दिरा जोशी पहिलो नेपाल तारामा अन्तिम तिन प्रतीस्पर्धीबाट आउट भईन् तर आज उनीनै नेपाली साङ्गीतिक आकाशमा मस्तसँग जमेर बसेकी छन्।आईडल हुँदैमा पुग्दैन त्यसपछि बजारमा टिक्नु ठुलो कुरा हो। बेकारमा हामी जात र धर्म, प्रदेशलाई बहाना बनाएर एकअर्कामा दोष थोपार्दै बिखण्डन् तर्फ जादैछौ कि भोली आफुले मन पराएको प्रतीयोगी बाहिरीयो भने पुरै युद्द चल्नेछ। खै त पढेलेखेका युवा हाम्रो त यस्तो हभिगत छ भने अरूको के कुरा गर्नु।

आईडल जस्तो एक गरीमा बोकेको अन्तराष्ट्रीय रियालीटी शो जसका आफ्नै नियमहरु हुन्छन् बेकारमा यसलाई जात, धर्म र समुदायमा सिमीत गर्ने अधिकार कसैलाई छैन। त्यसैले शोको मजा लिएर, मन पर्ने प्रतियोगीलाई भाेट गरौ, जिताअौं, नेपाल अाईडलको गरिमालाई कुनै एक जाती वा समुदायमा नखुम्चाअौ ।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal