eNepal

बाटो मुनीको फुल-२ चाँडै मेल्बोर्नमा पुन:लाग्ने

imageकुनै स्टारडमले मात्र चलचीत्र हीट हुन्छ भन्ने मानसीकता बोकेका नेपाली निर्देशक र निर्माताहरुलाई एकचोटी सोच्न बाध्य बनाएको छ बाटो मुनीको फुल-२ ले। नाम चलेका कलाकारलाई लिएर बनाए पछि कथा जे जस्तो भएपनि दर्शक आउँछन भन्नु बेवकुफ बन्नु हो। शुरुका केही दीन आउँछन् होला तर जब दर्शकको प्रतीकृया आउँन थाल्छ अनि थाहा हुन्छ बास्तबीक यथार्थ।
चलचीत्र चल्नुमा कथा सशक्त हुनु जरुरी, निर्दशकीय पक्षले पनि मुख्य प्रभाव पार्छ।कुरो हो बाटो मुनीको फुल-२ जसले सुरुका केही दिन ठिकै व्यापार गरे पनि पछिल्ला दिनहरुमा दर्शकहरुले औधीनै रुचाईदिनु भएको छ।
नेपाली समाजमा आजसम्मपनि उन्मुलन हुन नसकेको बिध्यमान जातीय बिभेद जहाँ उपल्लो बर्ग र तल्लो बर्गको भनेर जातको नाममा समाजबाट अवहेलीत हुनुपरेको साँघुरो मानसिक्ताबाट ग्रस्त समाजको तितो बास्तबिकतालाई यस चलचीत्रमा देखाउन खोजीएको छ। यो चल्चीत्र बाटो मुनीको फुलको सिक्वेल चलचीत्र हो जसमा दिलीप रायमाजी, यश कुमार, बाबु बोगटी, रीचा शर्मा, रीमा बिस्वकर्मा, अशिस्मा नकर्मी र अर्पन थापा लगाएत भिम न्यैपानेको बेजोड अभिनय रहेको छ।विदेशी फिल्मको गन्ध समेत नआउने नेपाली सामाजिक फिल्म ‘बाटो मुनिको फूल २’ हेर्न विशेष गरी युवा आएका छन्/ प्रेम मिलन बिछोड, पारिबारिक मनोरन्जन सामाजिक द्धन्द अनि राजनीति आदि कथा बोकेको नेपाली फिल्म बाटो मुनिको बाटो २ सबै दर्सकको मन जित्न सफल भएको छ।
अस्ट्रेलीयामा प्रिमीयर सो गरिसकीएको यो चलचीत्र दर्शकहरुको आग्रहमा पुनः देखाउने सोच रहेको अनि यसको सफलताले निकट भविस्यमा अर्को प्रोजेक्ट गर्ने मनोबल बडेको बुद्ध ट्राभल एन्ड टुर्सका मेनेजीङ डिरेक्टर एवम् सोही मुभीका एक सशक्त पात्र भीम न्यौपानेले हामीलाई बताउनु भयो।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal