eNepal

आजकालका चोर पनि कस्ता कस्ता

तपाईलाई थाहा छ गुर्न हुन्न र थाहा पाई पाई बुझ पचाएर गर्नु हुन्छ कुनै काम भने तपाईलाई के भन्ने पढेलेखेको बेवकुफ वा स्वाँठ। आफै भन्छौं हामी बिग्रेका नाताबाद र कृपाबादले अनि आफै बढावा दिन्छौ यस्ता अनैतीक कामहरुलाई जसले समाजलाई प्रदुसीत बनाउनमा मद्दत गरीरहेको छ। कुरो हो चोरीको,चोर्नु जघन्य अपराध हो। अर्काको सम्पती ,पैसा , महङ्गा गहना चोरीको कुरो गर्न आटेको होईन।आज मैले चोर्ने तर अरुको पसीना चोर्ने, कलम चोर्ने,मेहीनेत चोर्ने, साधना चोर्ने या भनौ दीमाग चोर्नेको कुरा गरिरहेको छु।

आहा कसले हो फेसबुकमा अस्ती भर्खर रिलीज भएको चलचीत्र हालेछ।खुब मस्त सँग हेरीयो।किन जान पर्यो टिकट काटी काटी हलसम्म।के तपाईलाई थाहा छ, तपाईले अबैधानीक काम गरिरहनु भएको छ भनेर। एउटा चलचीत्र बन्न कति जनाको दिमाग परेको हुन्छ,मेहीनेत त्यत्ती कै परेको हुन्छ,लाईट्स मेन देखी मेकप मेन, भान्से देखी ड्राईभर, कलाकारहरु देखी निर्माता र निर्देसक। सोच्नु होस एउटा चलचीत्र तपाई मख्ख परेर युट्युव या ईन्टरनेटमा कसैले हालेको छ अनि तपाई कति मख्ख परेर दङ्ग पर्दै हेर्नु हुन्छ। तर त्यो चलचीत्र बन्न कतिको मेहीनेत, परिश्रम, पशिना,लगानी परेको हुन्छ।

के कहिलै तपाईले गहिरेर सोच्नु भएको छ ? तपाईले एक मुस्ट रुपमा यी सबै कुरा चोर्नु भएको हो। सिधै भन्नु पर्दा तपाई खतरनाक चोर हो।कसैको मुखको माड चोर्नु भएको छ, कसैको किताब र कापी चोर्नु भएको छ अनि कसैको लिपस्टीक , क्रिम र पाउडर चोर्नु भएको छ।कसैको जिन्दगीको कमाई चोर्नु भएको छ, हाँसो चोर्नु भएको छ अनि सुन्दर भविस्य चोर्नु भएको छ। यति धेरै चोर्ने चोर मात्र हैन कुख्यात डाका हो।

अब सोच्नु होस के तपाईले अनाधिकृत रुपमा आएको चलचीत्र,गीत सङ्गीत, लेख रचना, कुनै सँस्थाको लोगो चोरेर या कसैको सहमती बिना आफ्नो ब्यक्तीगत फाईदाको लागि प्रयोग गर्दै हुनुहुन्छ भने के तपाईले पक्कै पनि राम्रो गर्नु भएको छ। ए हाम्रै भाईको सँस्था हो, हाल्दे न लोगो यसो मीलाएर। कति सजिलै भन्छौ के। तर यदी कानुनी तवरले कोही कसैको सहमती बिना कुनै सँस्थाको लोगो हाल्नु गैरकानुनी हो नि। हुन त म कानुनको बिग्य परिन तर जहाँ सम्म लाग्छ कानुनी सजायँ पक्कै छ।

बिडम्बनाको कुरा हाम्रो देश नेपाल जहाँ कानुन कडा नभएर हो या निती नियमको पालना कोही कसैले नगरेर हो। राणीको राज्य जस्तो जसलाई जे गर्न ईच्छा हुन्छ उसले गरिरहेको हुन्छ। हुने खानेको लागि कानुन नभएको देश, गरीब जनताको खुन र पसिनामा लत्पतीन पल्केले चलाएको देश। पिडीतले गएर उजुर हाल्यो भने पनि कुनै छानबीन हुन्न कुनै सुनुवाई हुन्न। पिडीत केवल धाईरहन्छ आफै थाक्छ, आफैबाट हार खान्छ अनि आफै ओझेलमा पर्छ।

नेपाली श्रस्टाहरु जो आफ्नो कबिता बेच्छन, कथा बेच्छन्। केबल आफ्नो रहरको लागि बेच्छन् तर कुनै पनि आर्थीक स्तरमा बृदी हँदैन।किन कि यी त्यस्ता देशका श्रस्टा जहाँ पत्रीका पसलमा गएर एक घण्टा बिहानको घाम सेक्दै सबै पत्रीका पढी भ्याएर घर फर्कीदा हातमा तरकारीको झोला झुन्डाउँदै आउने नेपालीहरु बस्ने देशका श्रस्टा जसलाई १० रुपयाँको पत्रीका किन्न लोभ लाग्छ।

यो लेख्नुको मुख्य तात्पर्य के हो भने यदी तपाई अबैध रुपमा कसैको कृती, लेख रचना, गीत सङ्गीत श्रस्टाको अनुमती बिना आफ्नो ब्यक्तीगत फाईदाको लागि, एकछीनको मनोरन्जनको लागि प्रयोग वा हेर्दै हुनुहुन्छ भने भोलीको दिनमा श्रस्टामा भएको जोसर जाँघर मरेर आउनेछ या भनौ नासिन सक्नेछ,चलेका कलमहरु बन्ध हुनेछन्।
त्यसैले अबैध तरिका कसैको प्रतीलिपीहरु चाहे त्यो लेख रचना होस या कला कृती, गीत सङ्गीत होस या चलचीत्र, लोगो होस या ब्यानर जो कसैले पनि सर्जकको अनुमती बिना प्रयोग नगरियोस।यसले सर्जकलाई नकरात्मक असर मात्रै पर्दैन आफ्ना सन्तानको हात मुख जोड्न पनि गार्हो हुने हुन्छ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal