eNepal

मुन्नी बद्नाम हुई डार्लिङ तेरे लिएमा नाँच्न मन पराउनेलाई तिमी सँस्कारको पाठ सिकाउन खोज्छौ

सँस्कारको नाममा देखासिकीको होडबाजीले जरा गाडी सकेको हाम्रो समाजमा अब कोही पनि पुरानो सनातन देखी चली आएको परम्परालाई पछ्याई राख्ने पक्षमा छईनन् एकाद केही देखी बाहेक। घरको चार दिवार भित्र निहीत रहेर आफ्नो श्रीमानले खटाएर दिएको पैसाले जिवन निर्भाह गर्ने पुरुषप्रधान भनेर लुरुक्क परेर बस्ने महिला पनि छैनन्।समयको रफ्तारसँगै नारी सशक्तीकरणका आवाज उठी रहेको बेला कोही पनि माईत गएर बर्ष दिनको गुनासो आमालाई सुनाउने पक्षमा पनि छैनन्।

युगले छलाङ मार्दै गर्दा हामीले मनाउनेपरम्परा, चाडपर्व, रितीरिवाजहरु पनि परिमार्जीत हुँदै गएको आजकाल चाडपर्व मनाउने शैलीबाट प्रस्टै हुन्छ। हजार रुपयाँ उठाएर क्लब र पाटी प्यालेसमा मनाईने तीजलाई अव केबल रमाईलोको नजर मात्र पनि हेरीन थालेको छ।

आजकालका तीज देखाउने र ढर्रा तिर बढि ढल्किदै गएको तीजका कार्यक्रमहरुबाट अड्कल बाजी लाउन सकिन्छ। लोक र परम्परागत तीजका गीत कम र बिदेशी गीतहरु बढि घन्किन थालेको छ। हुँदा हुँदा तीज आउनु डेढ दुई महिना अगाडीदेखीनै यो चाडको रौनक शुरु भई सकेको हुन्छ।

एकचोटी तीजको कार्यक्रममा सरिक हुने अवसर मिल्यो। हुन त केटाहरुलाई प्रवेश थिएन तर कार्यक्रम आयोजकको हिसाबले छिर्ने मौका मिलेको थियो। भित्रको माहौल पृथक थियो। हात हातमा स्याम्प्यान (मादक पदार्थ) लिएर आफ्नै तालमा झुमी रहेका थिए। एकछिन तीजका गीत घन्किदै थिए। अहँ कोही नाँच्न तयार थिएन। गीत परिबर्तन गर्नु पर्यो भनेर कराई रहेका थिए। एक्कासी मुन्नी बद्नाम हुई डार्लीङ तेरे लिए गीत बज्न थाल्यो। सबै उठेर मस्त नाच्न थाले। मन मनै सोचे यहि होला परिमार्जीत तीज अनि आधुनिकीकरण हुँदै गएको परम्परा।

जस्तो समयको माग त्यहि अनुसार आफुलाई ढाल्दै जानु पर्ने बाध्यतामा दोष कसलाई लगाउने। समयलाई या स्वम् आफैलाई। फेरी समाजमा टिकी रहन आफुलाई पनि समयको माग अनुसार ढाल्दै जान पर्यो होईन भने कस्तो सनातनबादी सोच भएकी मान्छे रहेछ भनेर दोष आफै माथी खनिन्छ अनि भने फेशबुकमा सँस्कारका पाठ सिकाउँछौ।क्रिएटीभीटीका कुरा गर्छौ।आखिरी यहि होईन र क्रियटीभिटी। तीजमा नाच्न आएका चेलीबेटीलाई हिन्दी गीतमा मस्तसँग रमाउने अबसर दिनु।

लेखकः मनोज पौड्याल

 

 

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal