मेल्बोर्न निवासी गौतम लामिछाने द्वारा एनआरएनए भिक्टोरीयाको सचीब पदको उमेदवारीमा मनोनयन दर्ता गर्नु भएको छ। पुर्ण बिवरण यस प्रकार छ।
बिगत लामो समय देखि म अस्ट्रेलियाको भिक्टोरियामा बसोबास गरिरहेको छु र यहाँ विभिन्न संघ सस्थासंग आबद्द पनि छु तर गैर आवाशीय नेपाली संघको आउदो जुलाई ८ मा हुने निर्बाचनमा म सचिब पदमा उम्मेदवार बनेकोले मैले हाल सम्म कार्यरत सबै संघ सस्थाबाट राजिनामा दिने र पूर्ण रुपमा गैर आवाशीय नेपाली संघमा आफ्नो समाज सेवालाइ लगाउने निर्णय गरेको छु। हाल सम्म मलाइ सामाजिक रुपमा परिचय बनाउन सहयोग गर्ने सबै सस्था तथा ब्यक्तित्वो हरुप्रति म आभारी छु। बिगतमा झैँ अब पनि मेरो गैर आवाशीय नेपाली संघ भिक्टोरियाको सचिबमा निर्बाचित हुन तथा यो सस्थाको असल स्वोयाम्सेवक बन्न सहयोग गर्न सबैमा अपिल गर्दछु . गौतम लामिछाने भिक्टोरिया

