eNepal

गायीका मिना पोखरेलले पाईन छिन्नलता पुरस्कार

ठमेल बजार’ र ‘काले दाइ’जस्ता चर्चित गीतकी गायिका मीना पोखरेल ‘छिन्नलता पुरस्कार २०७३’ बाट सम्मानित हुने भएकी छन्। उनलाई युवा नवप्रतिभा पुरस्कार दिन लागिएको हो।

छिन्नलता गीत पुरस्कार गुठीले नेपाली गीत सङ्गीतको क्षेत्रमा सक्रिय भइ योगदान पुर्‍याए वापत मीनासँगै छ जना प्रतिभालाई पुरस्कृत गर्नेछ। गीत रचनातर्फ धनेन्द्र विमल, गायनमा शिशिर योगी, स‍ङ्गीतमा टीका भण्डारीलाई पुरस्कृत गरिनेछ भने गायनमा आजीवन समर्पणका लागि माधवलाल श्रेष्ठ तथा सङ्गीतमा लामो योगदानका लागि मणिकमल क्षत्रीलाई छिन्नलता विशेष सम्मान प्रदान गरिनेछ।

यी पुरस्कार र सम्मान गुठीकी संस्थापक तथा गीतकार स्व. रमोलादेवी शाह ‘छिन्नलता’ को जन्मतिथि असार २० गते वितरण गरिने गुठीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Source: Nepalikhaber.com

Related posts

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal

मेल्बर्न निवासी अन्जु अधिकारीको तीजको कोशेली “नाँचौ साथी हो” सार्वजनिक

enepal

A rising star from Galyang: Artist Sundeep K Lohani

enepal

मेल्बर्न निवासी अविनाश न्यौपाने र अस्मिता अधिकारीको आवाजमा ‘तिमी आउने जाने’

enepal