क्विन्सल्याण्डमा, अस्ट्रेलिया । गत २४ घण्टामा क्विन्सल्याण्डमा थप ९ जना नयाँ व्यक्तिमा कोरोना भाइरस (कोभिड- १९) को संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थपिएका ९ संक्रमित सहित अहिलेसम्म कूल संक्रमितको संख्या १ हजार ९ सय १८ पुगेको छ भने हाल १ सय ४८ जना सक्रिय संक्रमित रहेका छन । त्यस्तै पछिल्लो अपडेट अनुसार हालसम्ममा १ हजार ७ सय ३६ जना संक्रमित उपचार पछि कोरोना मुक्त भएका छन।
त्यसैगरी हालसम्म कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या ७ पुगेको छ । प्राप्त विवरण अनुसार अहिलेसम्ममा १० लाख १ हजार ९ सय ३० जनाले कोरोना विरुद्धको खोप लगाएका छन । त्यस्तै आजसम्म ३६ लाख ५६ हजार १३ जनाले कोरोना परीक्षण गराएका छन ।

