अस्ट्रेलिया। न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप नयाँ कोरोना भाइरस (कोभिड-१९) का संक्रमित फेला परेका छन ।
पछिल्लो २४ घण्टामा मात्रै न्यु साउथ वेल्समा थप २६८ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त संक्रमित मध्य ६ जना बाहिरी रहेका छन भने बाकि २६२ जना स्थानीय रहेका छन । यो संगै कूल संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । गत २४ घण्टामा ९५ हजार ४ सय ८० जनाको कोरोना परीक्षण गर्दा २ सय ६८ जनामा कोरोना पुष्टि भएको हो । यस संगै अहिलेसम्म कोरोना परीक्षण गर्नेको संख्या ९९ लाख ३० हजार ३ सय ७२ पुगेको छ ।
प्राप्त जानकारी अनुसार सोहि अवधि भर २० हजार ६ सय १२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यो संगै कोरोना विरुद्धको खोप लगाउनेको कूल संख्या ४४ लाख २४ पुगेको छ । हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या भने ८४ रहेको छ । यस्तै ३ सय १५ जना अस्पतालमा भर्ना छन ।

