अस्ट्रेलिया । न्यु साउथ वेल्समा हाल कोरोनाले गति लिईरहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ३ सय भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
गत २४ घण्टामा मात्र न्यु साउथ वेल्समा थप ३ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । थपिएका उक्त संक्रमित मध्य २ जना बाहिरी र बाकी ३ सय १९ जना स्थानीय गरि ३२१ जनामा संक्रमण पुष्टि भएको हो। यससंगै अहिले सम्म कोरोना भाइरसका कूल संक्रमितको संख्या १० हजार ४ सय ७८ पुगेको छ । त्यस्तै सोहि अवधि भर १ लाख ८ हजार ४ सय ४९ जनाको कोरोना परीक्षण गर्दा ३ सय १९ जना संक्रमित भेटिएका हुन् ।
त्यसैगरी त्यही अवधिमा २६ हजार १ सय ५२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन । योसंगै न्यु साउथ वेल्समा हाल सम्म कोरोना विरुद्धको खोप लगाउनेको संख्या ४३ लाख १६ हजार ६५ पुगेको छ । प्राप्त जानकारी अनुसार ३ सय ४५ जना संक्रमित अस्पतालमा भर्ना छन ।

