अस्ट्रेलिया। गत २४ घण्टाको अवधिमा न्यु साउथ वेल्समा झन्डै ३ सय कोरोना संक्रमित भेटिएका छन।
न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप २ सय ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। स्वास्थ्य विभागले जनाए अनुसार सोहि अवधिमा १ लाख ९ हजार ५ सय ४७ जनाको कोरोना परीक्षण गर्दा उक्त २ सय ९१ स्थानीय कोरोना संक्रमित भेटिएका हुन्। त्यस्तै अहिलेसम्म ९७ लाख २६ हजार ४ सय ४३ जनाको कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी, कोरोना भाइरसकै कारण थप १ जनाको मृत्यु भएको छ। यससंगै हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ। हाल ३ सय ४ जना कोरोन संक्रमित व्यक्ति अस्पतालमा छन।

