eNepal

न्यु साउथ वेल्समा थपिए २ सय बढी कोरोना संक्रमित

अष्ट्रेलिया। पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा थप २ सय २ जना कोरोना संक्रमित फेला परेका छन।

गत २४ घण्टामा फेला परेका २ सय २ संक्रमित मध्य ३ बाहिरी र १९९ स्थानीय रहेका छन। त्यस्तै प्राप्त जानकारी अनुसार उक्त अवधिमा त्यहाँ कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन।

पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा १ लाख ४ हजार भन्दा बढीको कोरोना परीक्षण गर्दा उक्त संक्रमित फेला परेका हुन्।

यस्तै भिक्टोरियामा पनि थप नयाँ संक्रमित भेटिएका छन। त्यहाँ गत २४ घण्टाको अवधिमा १ बाहिरी र ४ स्थानीय गरि जम्मा ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यसैगरी, पछिल्लो २४ घण्टामा क्विन्सल्याण्डमा थप १६ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्राप्त जानकारी अनुसार सो अवधिमा थपिएका संक्रमित सबै स्थानीयनै रहेका छन।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal