eNepal

८० प्रतिशत जनताले खोप लगाएपछि मात्रै अस्ट्रेलिया सिमानाका खोल्ने: प्रधानमन्त्री मोरिसन

अस्ट्रेलिया। कोरोना भाइरस महामारीले हाल विश्वनै अतालिएको छ। यसमा अस्ट्रेलियापनि अछुतो भने पक्कै पनि छैन।

कोरोना भाइरस संक्रमण दर दिन प्रति दिन बढ्दो क्रममा रहेपछि हाल अस्ट्रेलिया सरकारले त्यहाँ लकडाउन जारि गरेको छ। यस कारण अष्ट्रेलिया फर्कन चाहने विद्यार्थीहरु तथा विदेशीहरु अझै पनि अन्यौलमा रहेका छन् ।

हालसम्म अष्ट्रेलिया सरकारले १४ प्रतिशत जनसंख्यालाई मात्र खोप दिएको र ८० प्रतिशत जनताले खोप लगाएपछि मात्रै अस्ट्रेलिया सिमानाका खोल्ने र लकडाउन पुर्णरुपमा हटाउने बारे अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले जानकारी दिनुभएको हो। त्यस्तै पछिल्लो समय अष्ट्रेलियाको सिड्नी सहर कोरोनाको हटस्पट बनेको छ ।

एक महिनाका लागि गरिएको उक्त लकडाउन कार्यान्वयन गर्न सरकारले सयौँको संख्यामा सेना समेत परिचालन गरेको छ । यस्तै यो वर्षको अन्त्यसम्ममा ८० प्रतिशत जनसंख्यालाई भ्याक्सिन दिने लक्ष्य रहेको अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बताउनु भएको हो।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal