eNepal

न्यु साउथ वेल्स र भिक्टोरियामा फेरी नयाँ संक्रमित फेला

अष्ट्रेलिया । फेरी न्यु साउथ वेल्समा १ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणका १ सय ४५ स्थानीय र ६ बाहिरी केसहरू पत्ता लागेको न्यु साउथ वेल्सको स्वास्थ्य विभागले दिएको जानकारी दिएको हो।

त्यस्तै २४ घण्टाको अवधिमा ९८ हजार १ सय ५८ जनाको स्वाब परीक्षण गर्दा १ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। न्यु साउथ वेल्समा कोरोना संक्रमणबाट थप २ जनाले ज्यान गुमाएका छन। यो संगै हालसम्म न्यु साउथ वेल्समा मात्रै कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या ६४ पुगेको छ ।

उक्त अवधिमा भिक्टोरियामा भने १२ जनामा कोरोना भाइरसका संक्रमित फेला परेका छन। त्यहाँको स्वाथ्य विभागका अनुसार फेला परेका उक्त संक्रमित मध्य १ जना बाहिरको र बाकि ११ जना स्थानीय रहेका छन।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal