eNepal

कोरोना अपडेट: न्यु साउथवेल्समा १४१ जनामा संक्रमण पुष्टि, २ महिलाले गुमाए ज्यान

अष्ट्रेलिया । न्यु साउथवेल्समा थप १ सय ४१ जना नयाँ कोरोना संक्रमित व्यक्ति थपिएका छन ।

१ सय ४१ स्थानीय कोरोना संक्रमणहरू फेला परेका आइतबार बिहान प्रिमियर ग्लाडिस बेरिजिक्लियनले प्रस ब्रिफिङमा मार्फत जानकारी दिनुभएको हो । गत २४ घण्टामा ९४ हजार स्वाबको कोरोना परीक्षण गरिएको थियो ।

कार्यस्थल र पसलहरूबाट कोरोना तीव्र गतिमा फैलिइरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । त्यसैगरी कोरोना संक्रमणकै कारण २ जनाले ज्यान गुमाएका छन । प्रिमियर बेरिजिक्लियनका अनुसार उक्त मृत्यु हुनेमध्ये सिड्नीकी ३० वर्षीया महिलामा कोरोना संक्रमणबाहेक अरू कुनै स्वास्थ्य समस्या थिएन भने मृत्यु हुने अर्की महिला ७० वर्षकी थिइन् ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal