अस्ट्रेलिया। न्यु साउथ वेल्समा कोरोना भाइरस(कोभिड-१९) का थप नयाँ संक्रमित फेला परेका छन।
पछिल्लो २४ घण्टामा मात्र थप १२४ जना नयाँ व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको त्यहाँकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनले जानकारी दिएकी हुन्।
उक्त कोरोना संक्रमित मध्ये ४८ जना समुदायमा संक्रामक थिए। हाल ११८ जना हस्पिटलमा भर्ना छन जस मध्य २८ जना आइसीयुमा छन। त्यी मध्य १४ जनालाई भेन्टिलेसनको आवश्यक छ।
गत २४ घण्टामा ८५ हजार १ सय ८५ जनाको परीक्षण गरिएको थियो। र हाल सम्म परीक्षण गरिनेको संख्या ८२ लाख २० हजार ७ सय ९७ पुगेको छ। त्यस्तै मृत्यु हुनेको कुल संख्या ६१ रहेको छ।
पुरा विवरणको लागि तलको लिङ्क खोल्नुहोस:-
https://www.facebook.com/NewSouthWalesHealth/photos/pcb.1641214726077862/1641255479407120/?__cft__[0]=AZVZVMHIjNLLGh-9S9t6LSgrYlA639gxcF95MxAvQjysrU6T4g8K1Sy–O0xLOh16AShCaFE8z7a8LJBBHJV32bRNvl9dpKdy5-lOB5F5F1AZBZDQN5zgP7XeWG4atbR-bdv_90aDeB6UJvjWk4qVKHd&__tn__=*bH-R

