eNepal

अष्ट्रेलियाका सबैभन्दा जेठा व्यक्ति डेक्स्टर क्रुगरको निधन

मेलबर्न। अष्ट्रेलियाका सबैभन्दा जेठा व्यक्ति डेक्स्टर क्रुगरको निधन भएको छ ।

मंगलबार १ सय ११ वर्ष र १८८ दिनको उमेरमा क्रुगरको निधन भएको हो ।डेक्स्टर क्रुगर प्रथम विश्वयुद्ध देखेका व्यक्ति ज्याक लकेट भन्दा धेरै बाँचेका थिए क्रुगरले मे १७ मा १११ वर्ष १२४ दिन पार गरेपछि अष्ट्रेलियाको सबैभन्दा जेठा व्यक्ति भएका थिए । उनि २ महिना अघि मात्र अष्ट्रेलियाका सबैभन्दा जेठा व्यक्ति घोषित भएका थिए।

मंगलबार बिहान साउथवेस्ट क्विन्सल्याण्डको रोमामा उनको निधन भएको हो। उनले केही समयअघि प्रतिदिन धेरै प्राउन खाँदा आँफू धेरै समय बाँचेको भन्ने अभिव्यक्ति दिएका थिए। सन् १९१० मा किलकोइमा जन्मिएका उनी लेखन कार्यमा समेत संलग्न थिए। त्यस्तै पेशाले भने उनी भेटेनरी सर्जन थिए ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal