अष्ट्रेलियाले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारसँग मिलेर काम गर्न चाहेको नेपालका लागि अष्ट्रलियाकी राजदूत फेलिसिटी भल्कले बताएकी छन।
भल्कले देउवा नेतृत्वको नयाँ सरकारसँग मिलेर काम गर्न आफूहरु तयार रहेको बताएकी हुन् । आइतबार राती प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेसँगै अस्ट्रेलियाले बधाई दिएको छ।
उनले ट्वीट गर्दै बताएकी हुन् त्यस्तै देउवालाई आगामी कार्यकालको लागि शुभकामना पनि दिएकी हुन्। साथै उनले नेपाली नागरिकलाई सहयोग गर्न अष्ट्रेलिया सँधै तयार रहेको समेत उक्त ट्वित मार्फत बताएकी छन।
नेपालका लागि अष्ट्रलियाकी राजदूत फेलिसिटी भल्कले आफ्नो ट्वित मार्फत आइतबार राती प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै माथि समाचारमा उल्लेखित कुरा यस प्रकार रहेको छ:-
Congratulations and best wishes to Rt Hon PM Sher Bahadur Deuba! Australia looks forward to working with the new government to advance close ????ties and to continue our cooperation to support all Nepalis. @DeubaSherbdr @PM_nepal_
— Felicity Volk (@AusAmbNP) July 18, 2021

