eNepal

भिक्टोरियामा मंगलबार रातीसम्म जारी लकडाउनको अवधि पुनः थप गरिने

भिक्टोरिया। भिक्टोरियामा थप केहि दिन लकडाउन लम्बाइने भएको छ।

कोरोना भाइरसको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिँदै गएपछि लकडाउनको अवधि फेरी लम्बाईने भएको हो। मंगलबार रातीसम्म जारी गरिएको लकडाउन पुनः थपिने बारे भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्र्युले जानकारी दिएका छन।सोमबार बिहान भिक्टोरियाको स्वास्थ्य विभागले कोरोना भाइरस संक्रमणको अवस्थाबारे रिपोर्ट सार्वजनिक गरेको छ ।

सार्वजनिक गरेको उक्त तथ्यांक अनुसार ५४ हजारभन्दा बढीको कोरोना परीक्षण भएको छ भने अहिलेसम्म १३ लाख ९२ हजार ५२२ जनाले भ्याक्सिन लगाएका छन्। प्रिमियर एन्ड्र्युले भने ‘लकडाउन अहिले नै अन्त्य गर्नु राम्रो होइन । अहिले लकडाउन अन्त्य गरेर केही दिनपछि पुनः लकडाउनमा फर्किनुपर्ने अवस्थाबाट म जोगिन चाहिरहेको छु । हामी कोरोना संक्रमण रोक्न प्रयासरत छाैँ ।’

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal