eNepal

संक्रमित थपिए लगतै ग्रेटर सिड्नीमा थपियो प्रतिबन्ध, थप कडाई गरिदै के-के बन्द रहन्छ ?

सिड्नी, अस्ट्रेलिया। राज्यमा एकै दिन कोरोना भाइरसका एक सय ११ जना नयाँ स्थानीय संक्रमित भेटिएका छन भने सिड्नीको दक्षिण पूर्वीमा बसोबास गर्ने एक ८० वर्षका पुरुषकोले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन।

नयाँ संक्रमित थपिए लगतै थप केहि नयाँ प्रतिबन्धहरु थपिएका छन। ग्रेटर सिड्नीमा शनिबार राती ११:५१ बजेदेखि अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्ने बारे शनिबार नियमित पत्रकार सम्मेलनमा बोल्दै राज्यकी प्रिमीयर ग्लाडिस बेरिजिक्लियनले जानकारी दिईन।

औषधि पसल र डाक्टरको क्लिनिक, खाधान्न स्टोर, पेट्रोल स्टेसन, कार हायर, बैंक र अन्य वितिय संस्थाहरु, सुपरमार्केट, हार्डवयर, कृषि उपज उत्पादन र वितरण, घरपालुवा जनावरको खाना अन्य आवश्यक साधनहरु, पोस्ट अफिस र न्युज एजेन्सी र कार्यालयका मसलन्दहरु वितरक सेवा नियमित रुपमा संचालन रहने बारे न्यु साउथ वेल्स स्वास्थ्यले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। उक्त विज्ञप्ति अनुसार राज्यमा जुलाई १७ राती ११:५१ देखि अत्यावश्यक र आकस्मिक सेवामा काम गर्ने कर्मचारी बाहेकका अन्य फेयरफिल्ड, लिभरपुल र क्यान्टबोरी व्याङ्सटाउन स्थानीय निकायका बासिन्दाहरु घर छोडेर अन्यत्र जान निषेध गरिएको छ।

त्यसैगरी उक्त जारि विज्ञप्तिमा जनाए अनुसार २१ जुलाई बुधबार दखि रोजगारदाताले कर्मचारी घरमै बसेर काम गर्ने भई सो अवसर दिनुपर्छ यदि यसो नगरिएमा १० हजार डलर जरिवाना त्रिनु पर्ने हुन्छ। त्यस्तै २१ जुलाई सोमबार देखि प्रभावित क्षेत्रका सबै निर्माणकार्यहरु स्थगित गर्नु पर्ने भएको छ। आवासीय क्षेत्रका पनि अत्यावश्यक नभएका सरसफाईकार्य, मर्मत संहारहरु स्थगित गर्नुपर्ने छ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal