eNepal

अष्ट्रेलियामा कोरोना विरुद्धको खोपको मात्रा बढाउने प्रधानमन्त्री मोरिसनको घोषणा

अष्ट्रेलिया। शुक्रबार अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अष्ट्रेलियामा कोरोना भाइरस विरुद्धको खोपको मात्रा बढाउने घोषणा गरेका छन्।

आगामी सेप्टेम्बर महिनामा अस्ट्रेलियामा ४५ लाख मात्रा खोप आउने लागेको र त्यसलाई अगष्ट महिनादेखि नागरिकलाई वितरण गरिने भएको पनि बताएको समाचारमा जनाइएको छ। त्यस्तै यही जुलाई महिनाको १९ तारिखदेखि अष्ट्रेलियामा हरेक हप्ता नै कम्तीमा पनि १० लाख खोप ल्याइने प्रधानमन्त्री मोरिसनले बताएका छन।

प्रधानमन्त्री मोरिसनले अष्ट्रेलिया ब्रोडकास्टिङ कर्पोरेसनलाई दिएको अन्तर्वार्तामा बताए अनुसार सो खोप नागरिकहरुलाई सकेसम्म चाँडै वितरणको व्यवस्था मिलाइएको छ। त्यस्तै जुन महिनामा अष्ट्रेलिया सरकारले कोरोना भाइरसका विरुद्धमा लड्नका लागि आवश्यक धेरै तयारी गरेको जानकारी पनि गराएका छन्। उनले दिएको शुक्रबारसम्मको तथ्याङ्कअनुसार अष्ट्रेलियाका १६ वर्षमाथिका कम्तीमा पनि १० प्रतिशत नागरिकले खोप लिइसकेका छन्। उनले यो वर्षको अन्त्यसम्ममा अष्ट्रेलियाका प्रत्येक नागरिकलाई कम्तीमा पनि एक मात्रा खोप दिइसक्ने तयारी गरेको बताए ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal