eNepal

अष्ट्रेलियाको न्यु साउथ वेल्समा १५ जना नेपालीमा देखियो कोरोना

अष्ट्रेलिया। अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा १५ जना नेपालीलाई कोरोना भाइरस(कोभिड-१९)को संक्रमण पुष्टि भएको छ।

यहाँको स्वास्थ्य विभागकी अधिकारी मेरियम गेलले नेपालीज अस्ट्रेलियन एसोसिएसनले आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै कोरोना भाइरस संक्रमित हुने १५ जना नेपाली युवाहरु रहेको जानकारी दिएकी हुन्।

उक्त कोरोना संक्रमित मध्‍ये अधिकांश वृद्ध स्याहार केन्द्रमा कार्यरत रहेको गेलले बताईन। नेपाली समुदाय र सदस्यहरुले महामारीको समयमा धैर्यतापूर्वक जनस्वास्थ्यका मापदण्डहरुलाई पालना गरेर यो कठिन परिस्थितिको सामना गर्दै संक्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको गेलले बैठकमा बोल्दै भनेकी थिइन्।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal