eNepal

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आउँदै

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरस(कोभिड-१९) महामारी नियन्त्रणमा आउँन थालेको छ।

पछिल्लो २४ घण्टामा १९ हजार ५ सय २ परीक्षणका नतिजा प्राप्त भएकोमा स्थानीयस्तरमा एकजनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छैन भने दुई जना अन्तर्राष्ट्रिय यात्रीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। यस्तै अब राज्यमा ५१ जना कोरोना संक्रमित बाँकी रहेका छन।

कोरोना संक्रमण भेटिएकाहरु पहिलो नै आईसोलेसनमा बसेकाहरु भएका कारण समूदायमा आत्तिह्याल्नु पर्ने अवस्था पनि नभएको र लकडाउन लगाएको दुई हप्ता यता नयाँ व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिने क्रम पनि विस्तारै घट्दै गएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टाको अवधिमा १२ हजार २ सय ४२ जनालाई कोरोना भाइरस(कोभिड-१९) विरुद्धको खोप लगाइएको छ।

 

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal