सिड्नी। न्यूसाउथवेल्समा दुई स्थानीय र तीन अन्तर्राष्ट्रिय यात्रीमा कोरोना संक्रमण देखिएपछि कूल कोरोना संक्रमितको संख्या ४४ पुगेको छ ।
अधिकारीहरुका अनुसार गत समय बोन्डाई जंक्सनबाट देखिएको कोरोनाको फैलावटमा सम्बन्धितको संख्या नौ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा २४ हजार ४ सय ६८ परीक्षणका नतिजा प्राप्त भएको र उक्त नतिजा मध्य पाँच जनामा कोरोना भाइरस देखिएको हो।
त्यसैगरी पछिल्लो २४ घण्टामा राज्यमा ९ हजार ४९ जनालाई कोरोना भाइरस (कोभिड १९ )विरुद्धको खोप लगाइएको छ ।
NSW recorded two locally acquired cases of #COVID19 in the 24 hours to 8pm last night, one of which was announced yesterday morning.
NSW Health has also been notified of two new locally acquired cases overnight. This cases will be included in tomorrow’s numbers. pic.twitter.com/4LF0kN7Rvx
— NSW Health (@NSWHealth) June 20, 2021
यो पनि पढ्नुहोस:- पछिल्लो २४ घण्टामा भारतमा ५८ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टाको अवधिमा थप ५८ हजार ५ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको हो। त्यस्तै सो अवधिमा ८७ हजार ४९३ जना संक्रमण मुक्त भएका हुन् भने १ हजार ५ सय ३७ जनाले ज्यान गुमाएका छन् ।

