eNepal

एनआरएन अस्ट्रेलिया(NRNA) को सिस्टम सेक्युर नरहेको दावी, सदस्यहरूको डाटा जोखिममा

देव चापागाईं,

अस्ट्रेलिया। गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको सदस्यता लिनको लागि यसअघि ईमेल मार्फत डकुमेन्ट बुझाइन्थ्यो भने यसपाली एनआरएन अष्ट्रेलियाको सिस्टमबाटै फारम भर्न सकिने भएको छ। यसै बीच एनआरएन अष्ट्रेलियाको वेब साइट सेक्युर नरहेको र पर्योगकर्ताको डाटा समेत सुरक्षित नरहेको एल्को कम्पनीका निर्देशक उज्जल खनालले ई-नेपाल सँग बताउनुभएको छ।

विगत १५ वर्ष देखि वेब सेक्युरिटी र आईटी क्षेत्रमा काम गर्दै आउनुभएको खनाललेआफ्नो अनुभवको आधारमा वेबसाइट र सिस्टम सुरक्षित नरहदा डाटा जोखिममा रहने जानकारी दिनुभयो। एनआरएनएले सबैको डाटा सुरक्षित क्लाउड सर्भरमा भण्डार गरिने, जुन डाटा सुरक्षित रहने र गोपनीयता बारे संवेदनशिल रहेको बताउदै आएपनि उक्त सिस्टम सुरक्षित नरहेको र एनआरएनएले आफ्नो सदस्यको डाटा जोखिममा राखेको भन्दै सबै पर्योगकर्तालाई आफ्नो डाटा सुरक्षित राख्न खनालले अनुरोध गर्नुभएको छ।

खनालले भन्नुभयो ‘अहिलेको समयमा त्यस्ता धेरै प्रविधि छन जसको माध्यमबाट हामीले वेबसाइट होस् वा अन्य कुनैपनि अनलाइन प्ल्याटफर्ममा राखिएका हाम्रो डाटा सुरक्षित गर्न सकिन्छ जसको लागि अनुभवी र योग्य व्यक्तिको खाँचो पर्दछ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal