eNepal

उपचार पछि निको भए भिक्टोरियाका प्रिमियर एन्ड्रयू, अबको केही साताभित्र काममा फर्कने

मेलबर्न। फुटेको मेरुदण्डको उपचार पछि निको भएपछी अष्ट्रेलियाको भिक्टोरिया राज्यका प्रिमियर डेनियल एन्ड्रयुजले केही साताभित्र आफु काममा फर्कने घोषणा गर्नुभएको छ।

उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत एक भिडियो सार्वजनिक गर्दै आँफु निको भएको र अब आगामी २८ जुनदेखि काममा फर्कने बताउनु भएको हो । उहाँले अनगिन्ती शुभेक्षुकहरुले पठाएको सन्देशले आफुलाई थप ऊर्जा दिएको पनि बताउनु भएको छ । गएको मार्च ९ तारिखमा उहाँ दुर्घटनामा पर्नुभएको थियो। त्यस्तै एन्ड्रयुजले आफ्नो उपचारमा खटिएका अल्फेड अस्पतालका चिकित्सकहरुलाई धन्यवाद समेत दिनुभएको छ।

त्यस्तै फुटेको मेरुदण्डको उपचार पछि निको भएको त्यहाँ लगाइएको सहायता हटाउन सकिएको उहाँले भन्नुभएको छ । तर, भाँचिएका ६ वटा करंगका हड्डी पूर्ववत अवस्थामा आउन अझै केही समय आराम गर्नुपर्ने सल्लाह आफुले पाएको भन्दै उनले आगामी २८ जुनदेखि कार्यालयमा फर्किने जानकारी उक्त भिडियो मार्फत बताउनुभएको हो।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal