eNepal

अस्ट्रेलियमा मुसा बन्यो अर्को समस्या, किसानलाई पर्यो ठूलो मर्का

एजेन्सी। पछिल्लो समय संसारनै आक्रान्त बनाएको र बन्न पुगेको कारण हो कोरोना। कोरोना भाइरस संक्रमणले आफ्नो महामारीको चपेटामा पारिरहेको अस्ट्रेलियाले अहिले फेरी अर्को समस्या झेल्नु परेको छ। सतर्कता अपनाएर केहि समय कोरोना नियन्त्रण र रोकथाम गरेको भएता पनि फेरी केहि दिन यता अस्ट्रेलियामा कोरोना फैलिएको छ। यस महामारी बीच गुज्रिरहेको अस्ट्रेलियामा अहिले मुसाले सताउन थालेको छ।

हाल अस्ट्रेलियामा समस्याको अर्को विषयको रुपमा खडा भएको छ मुसा। अस्ट्रेलियको न्यु साउथ वेल्स र क्विन्सल्यान्ड राज्यमा मुसाले किसानलाइ सताउन थालेको छ। त्यस्तै मुसाको बिगबिगीले किसान ठूलो मर्कामा परेका छन्, समस्या झेलिरहेका छन। यस्तै करोडौं मुसा सिड्नीतर्फ गइरहेको बताइएको छ।

मुसाले खाद्यान्नका साथै उपकरणहरु काटेर नष्ट पारिदिएको छ। त्यस्तै मुसाका कारण करोडौं डलर नोक्सान भइसकेको छ। मुसाले फार्म हाउस, आवास, अस्पताल, विद्यालयमा प्रवेश गरेर प्रदूषण फैलाइरहेको छ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal