अस्ट्रेलिया। काबुलको दूतावास अस्थायी रूपमा बन्द गर्नको लागि अस्ट्रेलियाले सरकारले निर्णय गरेको छ।
अमेरिकी नेतृत्वको सैनिक टोली अफगानिस्तानबाट फर्कने भएपछि सुरक्षाको कारण देखाउँदै मंगलबार अस्ट्रेलियाले अस्थायी रूपमा दूतावास बन्द गर्ने निर्णय गरेको हो। अस्ट्रेलियाले अफगानिस्ताको काबुलमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको हो।
दूतावास बन्द गर्ने निर्णय गरेलगतै आलोचना हुन थालेको छ। दूतावास बन्द गर्नाले अफगानी सरकारमाथिको अविश्वास बढ्ने हुनाले दूतावास बन्द गर्न नहुनले कतिपय कूटनीतिज्ञको भनाइ रहेको छ।
यो पनि पढ्नुहोस:- युनाइटेडलाई हराउँदै भिल्लारियलले युरोपा लिगको उपाधि जितेको छ।
गएराति भएको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई टाइब्रेकर ११–१० गोलले हराउँदै स्पेनिस क्लब भिल्लारियलले युरोपा लिग फुटबलको उपाधि हात पारेको हो। निर्धारित र थप गरिएको समयमा १–१ को बारबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। टाइब्रेकरमा भिल्लारियलका मोरेनोले २९ औं मिनेटमा गोल गरी अग्रता दिलाएका थिए।

