अष्ट्रेलिया। नेपालमा अष्ट्रेलियाले थप सहयोग गर्नुपर्ने अष्ट्रेलियाका सांघीय सांसद एवं नेपाल अष्ट्रेलिया संसदीय समितिका सहसंयोजक पिटर खलिलले बताएका छन।
पछिल्लो समय कोरोना भाइरसको दोस्रो लहर झेलिरहेको बेला नेपालमा विशेषत स्वास्थ्य सामग्रीलाई लिएर यसको अवाभमा विभिन्न समस्या देखा परेका छन। यसै बीच सोमबार संसदमा बोल्दै अष्ट्रेलियाका सांघीय सांसद एवं नेपाल अष्ट्रेलिया संसदीय समितिका सहसंयोजक पिटर खलिलले भारतमा सहयोग जुटाइरहँदा नेपाललाई पनि हेर्नुपर्ने भनाई राखेका हुन्।
कोरोना संक्रमण दिन प्रति दिन थपिरहदा नेपालमा अस्पतालहरु कोरोना बिरामीले भरिएको र अत्यावश्यक उपकरणहरुको अभाव भैरहदा यस बेला थप सहयोगको आवश्यकता रहेको विषयमा केन्द्रित रहेर खलिलले आफ्नो भनाई राखेका हुन्। खलिलले क्यानबेरामा उक्त विषयमा बोलेको भिडियो आफ्नो ट्वीटरमा शेयर गरेका छन।
We should be doing more to help our regional neighbours like India and Nepal struggling with huge Covid outbreaks.
As a middle power, Australia should be stepping up, not stepping back. More support, more leadership bc it’s in our national interest & the right thing to do. pic.twitter.com/AHj7yLMf61
— Peter Khalil MP (@PeterKhalilMP) May 24, 2021

