eNepal

मेलबर्नमा भेटिए थप एक जना कोरोना संक्रमित, सरकारद्वारा नयाँ प्रतिबन्ध लागु

मेलबर्न। आज बिहान थप एक जना ६० वर्षीय पुरुषलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि भिक्टोरिया सरकारले नयाँ प्रतिबन्ध घोषणा गरिएको छ।

यसअघि चार जना कोरोना संक्रमित भेटिएँकोमा आज बिहान मेलबर्नको उत्तरी क्षेत्रमा एक पुरुषमा संक्रमण पुष्टि भएपछि नयाँ प्रतिबन्ध घोषणा गरिएको हो । यस्तै आज फेला परेका यी व्यक्तिलाई यसअघिका चार जनाभन्दा अघि नै कोरोनाको लक्षण देखिएको कार्यबाहक प्रिमियर जेम्स मार्लिनोले बताउनु भएको छ।

थप गरिएको उक्त प्रतिबन्ध आज साँझ ६ बजेबाट आगमाी जुन ४ तारिखसम्म लागु हुने गरि घोषणा गरिएको हो जसमा अब घरमा पाँच जना भन्दा बढी पाहुना बोलाउन पाइने छैन् भने इन्डोर कार्यक्रमहरुमा ३० जना भन्दा बढी भेला हुन नपाइने भएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा १४ हजार ८ सय परिक्षण गरिएको थियो भने ८ हजार २ सय ६९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal