eNepal

भिक्टोरियाभर अनुगमन अपरेशन सुरु, मास्क नलगाई यात्रा गर्नेलाई थप कडाई

अस्ट्रेलिया। हाल कोरोना माहामरिले कयौं देश थालिएका छन यसै बीच कोरोना नियन्त्रण तथा रोकथामका लागि भिक्टोरियामा स्वास्थ्य सुरक्षालाइ ध्यान दिँदै मास्क नलगाएर हिड्नेलाई कडाई गरेको छ।

मास्क नलगाई सार्वजनिक यातायातमा यात्रा गर्ने गर्न मनाई गरिएको भएता पनि बिना मास्क सार्वजनिक यातायातमा यात्रा गर्ने क्रम बढेपछि प्रहरीले आजबाट भिक्टोरियाभर अपरेशन गर्ने भएको छ । यतिबेला सार्वजनिक यातायात प्रयोग गर्नेमध्ये ५० प्रतिशतभन्दा बढीले मास्क लगाउने गरेका भिक्टोरियाका यातायात मन्त्री बेन क्यारोलले बताएका छन।

कोरोना भाइरस संक्रमण फैलन नदिन भिक्टोरियाभर सार्वजनिक यातायातमा मास्क अनिवार्य गरिएको हो । पछिल्लो समय धेरैजसो व्यक्तिहरु बिना मास्क सार्वजनिक यातायातमा चढ्न थालेको र यसले महामारी निम्त्याउन सक्ने देखेपछि प्रहरीले दुई सातासम्म यसको अनुगमन गर्ने अपरेशन थालेको हो ।

त्यस्तै केही व्यक्तिले उचित मेडिकल कारणसहित नलगाउन पनि सक्छन् तर यो नियम अन्य सबैका लागि अनिवार्य हो । पहिलो पटकलाई मास्कको उपयोगिताबारे जानकारी दिने । त्यस्तै निःशुल्क मास्क उपलब्ध गराउने र यति हुँदा पनि मास्क लगाउन नमान्नेहरुलाई कारवाही गर्ने भिक्टोरिया प्रहरीका सुपरिटेन्डेन्ट एन्ड्रयू हम्बरस्टोनले जानकारी दिएका छन।
आज सोमबारदेखि प्रहरीले सुर गरेको यो अनुगमनमा मास्क नलगाउने व्यक्तिलाई ठाउँको ठाउँ २ सय डलर जरिवाना गरिनेछ ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal