eNepal

स्वास्थ्य सामाग्री किन्न अष्ट्रेलियाले नेपाललाई साढे ६३ करोड रुपैयाँ सहयोग गर्ने

अस्ट्रेलिया, ब्रिजबेन। पछिल्लो समय नेपाल कोरोना भाइरसको दोस्रो लहरमा रहेको छ। त्यस्तै संक्रमित डर र मृत्यु हुनेको संख्या पनि दिन प्रति दिन बढ्दो नै छ यसै बीच नेपालमा विभिन्न आवश्यक स्वास्थ्य सामग्रीको अभाव देखिएको छ।
यस कारण प्रभावित भएको नेपालमा स्वास्थ्य सामाग्री किन्न मित्र राष्ट्र आर्थिक सहयोग गर्ने भएको छ ।

अष्ट्रेलियन सरकारले नेपाल, बंगलादेश र श्रीलंकालाई १७. ५ मिलियन डलर सहयोग गर्न लागेको शुक्रबार विदेशमन्त्री मरिस पेनद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । सहयोग रकममध्ये ७ मिलियन अर्थात साढे ६३ करोड रुपैयाँ नेपालका लागि खर्च गरिनेछ । नेपालमा जाने सहयोग रकम नेपाल सरकारमार्फत भने नजाने भएको छ।

सहयोग पठाउनका लागि अष्ट्रेलियन सरकारले संयुक्त राष्ट्र संघको नियोग तथा गैर सरकारी संघसंस्थालाई मध्यम बनाउने विज्ञप्तीमा उल्लेख छ । सहयोग रकमबाट अत्यावश्यक स्वास्थ्य सामाग्री खरिद गरिनेछ ।

त्यस्तै कोरोना संक्रमणको दर उच्च रहेका उत्तरपुर्वी हिन्द महासागर क्षेत्रका देशहरुलाई सहयोग गर्न अष्ट्रेलिया सदैव तयार रहेको विदेशमन्त्री पेनले बताउनुभयो । मन्त्री पेनले भन्नुभयो “अष्ट्रेलियाले गर्ने सहयोग सिधै अति आवश्यक क्षेत्रमा सहायता पुर्याउनका लागि प्रयोग हुनेछ।”

 

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal