eNepal

अष्ट्रेलियाली सरकाले दुई समुद्री पार्क स्थापना गर्ने

अष्ट्रेलिया। अष्ट्रेलियाली सरकाले दुई समुद्री पार्क स्थापना गर्ने भएको छ।

बुधबार अष्ट्रेलियाली सरकारले आफ्नो समुद्री क्षेत्र संरक्षणको लागि हिन्द महासागरमा दुई नयाँ विशाल समुद्री पार्क स्थापना गर्ने घोषणा गरेको हो।
सरकारले सात लाख ४० हजार वर्ग किलोमिटर क्षेत्रफलमा दुई नयाँ समुद्री पार्क स्थापना गर्ने अष्ट्रेलियाकी वातावरण मन्त्री सुजेनले बताइन।

त्यस्तै समुद्री पार्कको आकार फ्रान्सभन्दा ठूलो र ग्रेट व्यारीयर रीफ समुद्री पार्कको आकारभन्दा दुई गुणा ठूलो रहने मन्त्री सुजेनले जानकारी दिईन।
उनका अनुसार यसले समुद्री पार्क संरक्षणअन्तर्गत अस्ट्रेलियाको समुद्री पानीको अनुपात ३७ दखि ४५ प्रतिशतमा बढाउने छ।

यो पनि पढ्नुहोस:- भारतबाट अष्ट्रेलियाका लागि हुने उडान सञ्चालनमा आउने भएको छ।

प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार भारतबाट अष्ट्रेलियाका लागि हुने उडानका लागि अस्थायी रूपमा लगाइएको रोक मे १४ को मध्यरातदेखि सञ्चालनमा आउने बताउनु भएको हो। अष्ट्रेलियाली सरकारले भारतलाई कोभिड–१९ सुरक्षाका लागि गरेको आग्रह अनुसार गर्ने भारतीय पक्षको आश्वासनपछि उडानलाई पुनः सञ्चालनमा ल्याइने भएको हो ।

उक्त उडानपूर्व कोभिड–१९ नियनत्रणका लागि अपनाउनुपर्ने नियमको कडा रूपमा पालना गर्नुपर्नेछ । अष्ट्रेलिया सरकारले व्यवसायिक उडानहरूमा कडाइका साथ नियमको पालना गर्ने शर्तमा उडानहरूलाई सञ्चालनमा ल्याइने भएको हो । अष्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले फेसबुक पोस्टमार्फत् उक्त जानकारी गराउनुभएको हो।

https://www.facebook.com/101546263223119/posts/4245399342171103/?d=n

 

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal