eNepal

२८ औं मदन आश्रित स्मृति दिवसमा सिड्नीमा रक्तदान सम्पन्न

सिड्नी। २८ औं मदन आश्रित स्मृति दिवसको अवसरमा प्रवासी नेपाली एकता समाज न्यूसाउथवेल्सले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

एकता समाजका सदस्यहरुले सिड्नीको टाउन हलमा अवस्थित लाईफ ब्लड सेन्टरमा जम्मा भएर रक्तदान कार्यक्रम गरेका हुन् । कार्यक्रम संयोजक एवं न्यूसाउथवेल्स अध्यक्ष कृष्ण सापकोटाका अनुसार अष्ट्रेलियामा आएर पहिलो पटक रक्तदान गर्नेहरुदेखि नियमित रक्तदान गर्नेहरु पनि उक्त कार्यक्रममा सहभागी भएको थिए।

रक्तदानपछि कुरा गर्दै अध्यक्ष पाण्डेले आफ्ना आदर्श नेताहरुको सम्मानमा समाजउपयोगी कार्यक्रम भएको र त्यसमा सहभागी हुन पाउँदा निकै खुशी लागेको बताए । उक्त कार्यक्रममा प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे, एनआरएन ओसेनिया क्षेत्रीय संयोजक एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष महेन्द्र ओली लगायतले सहभागिता जनाएका थिए ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal