आमाले जन्म दिएर बाबाले दिनुभो साथ
सधै अगाडी बढ्न प्रेरित गर्नुहुन्थ्यो दिऎर हात
म धेरै चल्दा पनि मायाले भन्नुहुन्थ्यो बाबु नमात
सारा संसार देखिने ब्रुज खलिफाको टाओर झै लाग्थ्यो बाबाको काँध
मेरो लागि दिनरात नभनी मेहनत गर्नुभो
पसिना बगाई मेरो गुणस्तर शिक्षाको लागि शुल्क भर्नुभो
घरको त’ना’व बाहिरको त’ना’व सबै हजुरले सहनुभो
सबै ,पि’डा लुकाएर हाम्रो अनुहारमा खुसियाली छर्नुभो
मेरो बढ्दो खर्च अनुसार अनेक नोकरी व्यवसाय धाउनुभो
आफ्नो सपना त्या’गी मेरो उज्ज्वल भविष्यलाई नै लक्ष्य बनाउनुभो
यति माया र त्या’ग गर्ने बाबासँग किन राख्छौ रि’स
बाबाले मेरा लागि केहि गर्नुभएन भनि किन मिसाउछौ मनमा वि’ष
बाबालाई सक्दो खुसि देउ बाबालाई माया गर
बाबाको साथ पाउने भाग्य सबैको हुदैन , हुदो रैनछ मृ’त्युको भर
महादेव , विष्णुको पुजा गर्नुभन्दा बाबाको पुजा गर
नहिच्किचाइकन बाबाको सेवाको लागि संधै अगाडी सर

