eNepal

नेपालका लागि अक्सिजन सिलिण्डर किन्न एनआरएन अष्ट्रेलियाले सुरु गर्यो सहयोग संकलन

कोरोना भाइरसको पहिलो लहर पछि नेपालपनि अहिले कोरोनाको दोस्रो लहरमा छाएको छ। पछिल्लो दिन यता कोरोना भाइरसको संक्रमण दर नेपालमा निकै बढ्दो क्रममा रहेको छ।

यसै बीच अस्पतालहरुमा अक्सिजन सिलिण्डरको कमी भएको छ। अर्को तर्फ सरकारले बिरामीलाई बेड छैन भन्दै हात उठाएको अवस्था छ। यस महामारीको अवस्थालाई मध्यनजर गर्दै गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले नेपालका अस्पताललाई अक्सिजन सिलिण्डर किन्न सहयोग संकलन सुरु गरेको छ।

एनआरएन अष्ट्रेलियाले अष्ट्रेलियामा रहेका सबै सामूदायिक संघसंस्थाहरुसँग हातेमालो गदै एक लाख १० हजार अष्ट्रेलियन डलर सहयोग जुटाउने लक्ष्यका साथ अभियान सुरु गरेको छ । गोफन्डमी मार्फत र आफ्नै च्यारिटी खातामा समेत जम्मा गर्न सकिने गरी एनआरएनले सहयोग संकलन सुरु गरेको हो।

सहयोग जम्मा गर्ने खाता:-
NRNA Australia Charity Account
BSB: 032-078
Account: 629083

 

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal