हिजो शनीबार २० फ्रेवुअरीका दिन अस्ट्रेलीयाको क्यानबेरामा रोयल नेप्लिज क्यानबेरा फुटबल क्लबले क्यानबेरा ब्रिम्ता रोयल फेस्टिभ कप ९ ए साइड एकदिने फुटबल प्रतियोगिता आयोजना गरेको थियो।सो प्रतियोगितामा रोयल नेप्लिज क्यानबेरा एफसी सेतो, रोयल नेप्लिज क्यानबेरा एफसी निलो, क्यानबेरा नेप्लिज एफसी ओरेन्ज, क्यानबेरा नेप्लिज एफसी रातो, बुकान ११ एफसी, साउथ साईड एफसी, नेपाल युनाइटेड एफसी, लुम्बिनी एफसी, क्याम्सी एफसी गरेर नौ टिमको सहभागिता रहेको थियो।
अत्यन्त रोमाण्चकारी खेलमा रोयल नेप्लिज क्यानबेरा एफसी निलो र क्यानबेरा नेप्लिज एफसी रातो फाइनलमा पुग्न सफल भएका थिए।प्यानल्टी सुटआउटमा क्यानबेरा नेप्लिज एफसी रातोले बाजी मार्न सफल भयो भने रनरअप रोयल नेप्लिज क्यानबेरा एफसी बन्न सफल रह्यो।

प्रतियोगिताको उध्घाटन बरिस्ठ समाजसेवी डा. कृष्ण हमालले पानसमा बत्ती बालेर गर्नु भएको थियो भने बिभीन्न समुदाएका प्रतिनिधीहरुको समेत उपस्थिती रहेको थियो।
कोभीड महामारीका बाबजुद पनि कार्यक्रमलाई सव्य र भव्यसँग आयोजना गरेकोमा एनआरएनए क्यानबेरा प्रेसीडे्ट चुडामणी सापकोटाले आयोजक रोयल नेप्लिज क्यानबेरा एफसीका प्रेसीडेन्ट सुशील पोखरेललाई बधाई तथा धन्यबाद प्रदान गर्नु भएको थियो।
फेस्टिभ कपको अध्यक्षता रोयल नेप्लिज क्यानबेरा एफसीका अध्यक्ष शुसील पोखरेलले गर्नु भएको थियो भने ईभेन्टको व्यबस्थापन रोयल नेप्लिज क्यानबेरा एफसीका सचीव जेनीथ खड्काले गर्नु भएको थियो। रोयल नेप्लिज क्यानबेरा एफसीका मेनेजर मिलन थापाले टिम व्यबस्थापन, क्याप्टेन सवीन पौडेलले व्यबस्थापन, टुर्नामे्ट डक्टरको रुपमा डा. पवन प्याकुरेल, प्रस्तोतामा सुमन देवकोटा र नवीन पौडलले गर्नु भएको थियो।

डा. कृष्ण हमाल र रोयल नेप्लिज क्यानबेरा एफसीका प्रेसीडेन्टले सङ्युक्त रुपमा बिजेता समुहलाई फेस्टीभ कप र प्रमाण पत्र हस्तान्तरण गरिएको थियो।त्यसै गरेर फस्ट रनर अप टिमलाई अजी फाईनान्स र होम लोन क्यान्बेराका राजकुमार केसी र गोपाल वलीले सङ्युक्त रुपमा मेडल र प्रमाणपत्र बितरण गर्नु भएको थियो। एनआरएनए क्यानबेराका प्रेसीडेन्ट चुडामणी सापकोटाद्वारा सबै स्वयमसेवीहरुलाई सम्मान पत्र बितरण गरिएको थियो। एसएसए प्रेसीडेन्ट सन्तोष मल्ल,जेनीथ खड्का र मिलन थापाले उत्कृस्ठ खेलाडी, उत्कृस्ठ गोल रक्षक, फेयर प्ले टिम, धेरै स्कोररको उपाधी प्रधान गर्नु भएको थियो।
यस प्रतियोगिताको मुख्य आयोजकमा ब्रिम्ता एजुकेसन रिक्रुटमेन्ट सर्भिसेज रहेको थियो भने अन्य प्रायोजकहरुमा अजी फाइनान्स एण्ड होम लोन, गोल्डेन स्पुन इभेन्ट सेन्टर, नेप्ले इभेन्ट्स, डिएम लिगल अस्ट्रेलीया जानकी रिमोभल,नमस्ते इन्डिएन रेस्टुरेन्ट, पारा होम्स र ग्लोबल ड्राईभिङ रहेका थिए।

रोयल नेप्लिज क्यानबेरा एफसीका तर्फबाट प्रेसीडेन्ट सुशील पोखरेल र सचीव जेनीथ खड्काद्वारा फेस्टिभ कपलाई साथ र सहयोग गर्ने सबै सँघ सँस्था,समाजसेवी, टिमहरु,पत्रकार लगाएत समर्थकहरुलाई धन्यबाद दिएको थियो।

