अष्ट्रेलियाको मेल्बोर्नलाई आफ्नो कर्मभुमी बनाएर लामो समय देखि बसोबास गर्दै आएका उज्ज्वल घिमिरे ( UjK ) ले गोरेटो बोलको गीत लिएर पुन: एकचोटी आफ्ना शुभचिन्तकहरु माँझ कोसेलीको रुपमा ल्याएका छन्।
जिन्दगीको गोरेटो बनाउन लम्केका लाखौ युवाको कथा व्यथालाई समेटीएको गोरेटोको शव्द स्वम् उज्जवलले लेखेका हुन् भने सङ्गीत फ्रेकी जोइको रहेको छ।
मिक्सङ डिजे मिस्टा चाम्लिङ यानिकी सौरभ ठकुरीले गरेका छन् भने भिडीयो साकार शाही र अनीश जङ कार्कीको रहेको ” गोरेटो” मेक मनी रेकर्डस मेल्बोर्नमा रेकर्ड गरिएको हो।
उज्वल घिमीरेले यसअघी उपदेश, मेरो देश, Aama-यस पाली दशैमा आमा आफ्नै युट्युब च्यानल मार्फत ल्याई सकेका छन्।
प्रवासको ब्यस्त जिवनशैलीबाट थोरै समय उनले गीतसङ्गीतलाई छुट्याउन थाले धेरै बर्ष भइ सक्यो। गीत गाएर पैसो कमाउँछु हिट हुन्छु भन्ने सोच कदापी दिमागमा नलिएका उज्वलले आफ्नो आत्मासन्तूष्टीका लागि गीत गाउने गरेका छन्। समाजमा देखिएका बिभीन्न घटनाक्रमलाई शब्दमा उतार्दै आफ्नो वजिलो आबाजमा मनका आबेगलाई बिस्फोट गर्न माहिर छन् युजेके।
गोरेटोको भिडीयो यस्तो छ⬇️⬇️
https://youtu.be/xazXpQSGHag

