eNepal

यसरी सुरु भएको थियो अस्ट्रेलीयाको मेरो यात्रा

सन् २००१ को एउटा बिहान अस्ट्रेलिया ल्याण्ड गरियो। होटलमा समान राखे पछि कलेज इनरोलमेन्ट सकाएर सहर तिर राउण्ड लगाउन हिडियो I गगनचुम्बी महलका तला गन्दै बाटोमा पर्ने रेस्टुरेन्टहरुमा “काम दिने हो” भनि सोध्दै हिडियो। 

दुइ तीन ठाउँमा सोधे पछि एउटा लास्टई ठुलो पिठोको रोटि माथि थरिथरिका तरकारी र मसला हालेर फैलाउदै गरेको एउटा इटालियन साहुले “कम इनसाइड” भन्दै बडेमानका देक्ची देखाउदै, यो सफा गर्न सक्छस भन्यो। मैले “एस” भने। यसरि सुरु भो मेरो काम नेपालबाट आएकै दिन।

भुड़े सेतो सर्ट वालाको आदेशमा गोलभेडा काट्दा औलाबाट च्वास्स आएको रगत भन्दा पनि अस्ट्रेलिया जाने भनि असाद्धे रहरले किनेको जुत्ता भान्साको पानीले भिज्दा मन बढी कटक्क खाएको थियो। बारमा चाइनिज जस्ता देखिने एकजनाले म तिर्खाएको खै कसरि थाहा पाएछन्, एउटा कोक ल्याएर दिए। अहो त्यो कोकको स्वाद अहिले पनि सम्झिन्छु। 

राती दुइ बजे काम सकिदा एउटा खाम हातमा पर्यो। भित्र $१७० रहेछ। त्यसलाई नेपाली रुपयाँमा कन्भर्ट गर्दै बाहिर निस्केर टेलस्ट्राको बुथबाट घरमा आज मेरो यति कमाई भो भनि फोन गरे। त्यसबेला अस्ट्रेलियन डलरको नेपाली रुपिया ४२ हुन्थ्यो। 

पछि थाहा भो, काम पाएको ठाउ त लाइगोन स्ट्रीट पो रहेछ I त्यो ठुलो रोटिलाई पिज्जा भन्दा रहेछन, अनि ति तिर्खा थाहा पाउने  चाइनिज जस्ता देखिने त मंगल दाइ पो रहेछन। तिनै मंगल दाइ संग आज भेट भो।  कुरा गर्दै जादा थाहा भो, मंगल दाइलाई पनि त्यो दिनको सम्झना रहेछ ।उनले मनमनै भनेका रहेछन “कस्तो सोझो इन्डियन”। 

फोटो साभार: डा. महेश भण्डारीको फेशबुकबाट

(डा. महेश भण्डारी बिगत दुई दशक देखी मेल्बोर्नमा बस्दै आउनु भएको छ। उहाँ प्रेरक वक्ता, सफल उधमी, राजनीतिज्ञ, परामर्शदाता, पाठ्यक्रम सल्लाहकारका रुपमा चिरपरिचीत हुनुहुन्छ)

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal