eNepal

मेल्बर्न निवासी विश्व गौडेलको सुनरीमै बजारमा, प्रमोद खरेल र मेलीना राईको आवाज

मेल्बर्नलाई कर्मथलो बनाई नेपाली गीत संगीतको संरक्षण र प्रर्बधनमा तदारुकताका साथ लागि पर्दै आउनु भएका व्यवसायी एवम् समाजसेवी विश्व गौडेलको शव्द अनि पछिल्लो पुस्तामाँझ निकै लोकप्रीय गायक गायीका द्वय प्रमोद खरेल र मेलीना राईको आवाजमा सुनरीमै बोलको गीत बजारमा आएको छ।

ब्लेक ब्रोस इन्टरटेनमेन्टको प्रस्तुतीमा बनेको  सुनरिमैमा टीकटक स्टार प्रिन्सी, प्रिस्मा र नाजिर हुसेनको अभिनय रहेको छ भने गम्भीर बिस्टको कोरियोग्राफार र जीवन रसाइलीको निर्देशन अनि गीतमा सङ्गीत भने दीपक शर्माको रहेको छ।

पछिल्लो समय कलासंस्कृती, रितीरिवाजसंगै मौलिकता झल्किने नेपाली गित संगित युवाहरुले भुल्न थालेको र पाश्चात्य संस्कृती हाबि हुदै जान थालेकाले नेपाली गीत संगीतको संरक्षणका लागि केही टेवा पुगोस् भन्ने हेतुले यो म्यूजिक भिडियो सहितको गीत बजारमा ल्याएको बताउनु हुन्छ यस गीतका श्रस्टा विश्व गौडेल।

गीत नेपाली गाउँले मायालु जोडीलाई हस्यौली पारामा प्रस्तुत गर्न खोजीएको र शब्द चयन नितान्त गाउँघरमा प्रयोगमा आउने खालको रहेको छ। गीत सृर्जना पहिले देखि नै कहिले काही कोर्ने गरे पनि आज सार्बजनिक भएको सुनरिमै विश्व गौडेलको  पहिलो सांगीतिक भिडियो रहेको छ। 

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal